समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं : प्रधानमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं : प्रधानमन्त्री


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचेको बताएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा विभिन्न पार्टीका नेता–कार्यकर्तालाई ने कपामा प्रवेश गराउने कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “सरकारलाई कमजोर बनाउन नेपाली कांग्रेसले षड्यन्त्र बुनिरहेको छ । सरकारलाई काम गर्न अवरोध गरेको छ, विभिन्न रिक्त पद पूर्तिमा हस्तक्षेप गरेको छ । कांग्रेस षड्यन्त्रमा मात्र लागेको छ ।”

प्रधानमन्त्री ओलीले भने, “हामी समृद्धि, सुशासन, सदाचार, समाजवादको नयाँ विमान उडाउने तयारीमा छौं । समाजवादको यात्राको लागि मौरीको साथलागेमा फूलको थुङ्गामा पुगिन्छ, झिङ्गाको साथ लागेमा फोहोरको थुप्रोमा पुगिन्छ । आज पार्टी प्रवेश गर्ने साथीहरु सबैले मौरीको साथ रोज्नुभएको छ, हामी सबै फूलको थुङ्गामा पुग्छौं,” ।

कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता/कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस