४ डिआइजीसहित २७ जना एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४ डिआइजीसहित २७ जना एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

३० श्रावण २०७५, बुधबार


काठमाडौं । गृह मन्त्रालयले ४ डिआइजी र २७ जना एसएसपीको सरुवा गरेको छ।

गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुशार बुधबार प्रहरी नायव महानिरीक्षक(डिआईजी)सहित २७ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जनाएको छ ।

सरुवा गरिएका ४ जना डिआईजीहरुमा प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका महेश बिक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ६ सुर्खेत सरुवा गरिएको छ भने उनको ठाउँमा सुर्खेतका सुरेश बिक्रम शाहलाई ल्याएको छ । त्यसैगरी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका सुरज के.सी.लाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ७ दिपायल सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका धिरु बस्नेतलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रहरी नायव महानिरीक्षक(डिआईजी)

त्यसैगरी २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुमा काठमाडौं परिसरमा बसन्त लामालाई पठाइएको छ भने परिसरका एसएसपी विश्वराज पोखरेलको प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएको छ।

ललितपुर प्रहरी प्रमुखमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ। परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)

Tags :
प्रतिक्रिया दिनुहोस