काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए


प्रशासन विशेष ब्युरो

३० श्रावण २०७५, बुधबार


काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा गरेको छ ।

काठमाडौं प्रहरी परिसरको प्रमुखमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए । दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । ।

Tags :
प्रतिक्रिया दिनुहोस