अदालतले भन्यो कर्मचारीलाई हाजिर गराउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतले भन्यो कर्मचारीलाई हाजिर गराउ


३० श्रावण २०७५, बुधबार


सुर्खेत । उच्चअदालत सुर्खेतले जिल्ला समन्वय समितिले खटाएका कर्मचारीलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकाका नाममा परमादेश जारी गरेको छ ।

जिससमा कार्यरत चार जना नायव सुब्बालाई जिल्ला कर्मचारी व्यवस्थापन समितिले बैशाख चार गते वीरेन्द्रनगर नगरपालिकामा खटाएको थियो । नगरपालिकाले हाजिर हुन नदिएपछि चारै जना कर्मचारीहरुले जेठ २९ गते परमादेश माग्दै उच्च अदालतमा रिट दायय गरेका थिए ।

बुधबार मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला कर्मचारी व्यवस्थापन समितिले खटाएका चारै जना कर्मचारीलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकाका नाममा परमादेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस