प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल


३० श्रावण २०७५, बुधबार


काठमाडौं । प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन विशेष पहल भएको बताइएको छ ।

मंगलबार प्रहरी अस्पतालको निरीक्षण गर्दै गृहसचिब प्रेमकुमार राइले प्रहरी अस्पतालले अन्य अस्पतालसरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गर्दै आएकाले यसलाई मेडिकल कलेज बनाउन आवश्यक पहल गर्ने बताएका हुन् ।

सचिव राईले सबै सेवाग्राहीलाई समान रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधा वृद्धि गर्दै लैजानुपर्ने बताए ।

अस्पतालमा कार्यरत जनशक्तिलाई अझै दक्ष बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वयन गर्ने पनि उनले बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्न उत्कृष्ट र बिरामीमैत्री सेवा सुविधा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उत्कृष्ट सेवा प्रदान गरेमात्र प्रहरी अस्पताल सबैको नजरमा राम्रो अस्पताल साबित हुने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस