लोक सेवाको विज्ञापन बन्द नगर्न मन्त्री तथा सचिवको ध्यानाकर्षण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लोक सेवाको विज्ञापन बन्द नगर्न मन्त्री तथा सचिवको ध्यानाकर्षण


२९ श्रावण २०७५, मंगलबार


समायोजन

काठमाडौं । लोक सेवा आयोगबाट कर्मचारी पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खुला, बढुवा र आन्तरिक लगायत सबै किसिमका पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिएको भन्दै यसलाई रोक्न कर्मचारीहरुले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र सचिव दिनेश थपलियाको ध्यानाकर्षण गराएका हुन् ।

सिंहदरवारभित्र र वाहिरका विभिन्न कार्यालयमा कार्यरत ३०/३५ जना कर्मचारीको टोलीले मन्त्री पण्डित र सचिव थपलियालाई भेटी पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषदमा नलैजान आग्रह गरेका हुन् ।

कर्मचारी पदपुर्ति नहुँदा समग्र प्रशासनिक क्षेत्रमा प्रभाव पर्ने भन्दै १३ बुँदे सुझाव कर्मचारीले बुझाएका छन् ।

उच्च स्रोतका अनुशार मन्त्रालयमा यस विषयमा छलफल भएपनि प्रस्ताव नै लैजानेगरी टिप्पणी उठेको छैन ।

कर्मचारीहरुले राखेको जिज्ञासामा मन्त्री पण्डितले करियर बन्द हुनेगरी निर्णय नलिने बताएका थिए भने सचिव थपलियाले रोकिनसक्ने संकेत गरेका थिए ।

हेर्नुहोस् सुझाव

Tags :
प्रतिक्रिया दिनुहोस