हेलिकप्टरको पंखा लाग्दा हुम्लामा एक जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेलिकप्टरको पंखा लाग्दा हुम्लामा एक जनाको मृत्यु


२९ श्रावण २०७५, मंगलबार


हुम्ला । हेलिकप्टर पछाडिको पंखाले लागेर हुम्लामा एक जनाको मृत्यु भएको छ ।

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले लाग्दा भारतिय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो ।

हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिएर अगाडि जानुपर्नेमा मेहता पछाडितिर गएकाले पछाडिको पंखाले उनलाई लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टरको पछाडिको भाग पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस