मलेसियामा पनि नेपालीले घुस दिन खोजे पछि… « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलेसियामा पनि नेपालीले घुस दिन खोजे पछि…


२९ श्रावण २०७५, मंगलबार


काठमाडौं । मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली प्रहरी खोरमा थुनिएका छन् ।

विना लाइसेन्स मोटरसाइकल चढेका नेपाली नागरिक ३० वर्षीय सत्य नारायण चौधरी र ४० वर्षीय कन्हैयालाल दास आफूहरुलाई कारबाही नगर्न भन्दै प्रहरीलाई १ सय ५० मलेसियाली रिंगेट घुस दिन खोज्दा पक्राउ परेका हुन् ।

उनीहरुलाई त्यहाँको अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । दुवै जना मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस