विप्लवका प्रवक्तालाई सर्वोच्चमा उपस्थित गराउन आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लवका प्रवक्तालाई सर्वोच्चमा उपस्थित गराउन आदेश


२८ श्रावण २०७५, सोमबार


प्रकाण्ड-विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन आदेश गरेको हो ।

सात करोड भन्दा बढी चन्दा उठाएको भन्दै विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस