अवैध मुगासहित तीन पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अवैध मुगासहित तीन पक्राउ


२७ श्रावण २०७५, आइतबार


काठमाडौं । अवैध रूपमा मुगा राखेको अवस्थामा एक विदेशीसहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले ४३ वर्षका यमन नागरिक अस्री मोहम्मे यह्या यह्या, मुगु–२ घर भई काठमाडौं–६, बौद्ध बस्दै आएका ग्याल्पु तामाङ, जुम्लाको सिँजा गाउँपालिका–३, का ३० वर्षीय नवीन चौलागाईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू बस्दै आएको काठमाडौं–२६, ठमेलस्थित होटल काठमाडौंको कोठामा खानतलासी गर्दा अबैध मुगा तथा विदेशी मुद्रा बरामद भएको छ । पक्राउ परेकालाई राजस्व कार्यालय, हरिहरभवन पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस