भरतसम्शेरको निधनमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतसम्शेरको निधनमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने


२७ श्रावण २०७५, आइतबार


काठमाडौं । भरतसमशेर राणाको निधनमा कांग्रेसले तीन दिन आधा झण्डा  झुकाउने भएको छ । उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् ।

राणको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय समितिको बैठकले साउन २७,२८ र २९ गते आधा झण्डा झुकाउने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार आकस्मिक बैठक बसी सो निर्णय गरेको हो ।

सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र आगामी भदौ ६ गते १३ औँ दिन केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

राणाको शनिबार ९० वर्षको उमेरमा आफ्नै निवास कोलकातामा निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस