साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको निधन


२७ श्रावण २०७५, आइतबार


एजेन्सी । साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार विजेता हुन् । सन् १९७१ म बुकर प्राइजसमेत पाएका थिए । उनले ३० वटाभन्दा बढी पुस्तक लेखेका छन् ।

उनको जन्म  सन् १९३२ मा भाको थियो । उनले १९५० मा बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सरकारी छात्रवृत्ति पाएपछि अध्ययन शुरु गरेका थिए ।

उनको पहिलो पुस्तक द मिस्टिक मासेउर १९५० मा प्रकाशन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस