विवाहपूर्व कुण्डली मिलान किन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवाहपूर्व कुण्डली मिलान किन ?


भीमप्रसाद गुरागाँई

२६ श्रावण २०७५, शनिबार


विवाह

विवाह भनेको परिवारको स्थापना गर्नु हो । त्यसकारण यसलाई पारिवारिक जीवनको पहिलो खुड्किलो मानिन्छ ।

विवाहले केटा र केटीलाई एकै परिवारमा रूपान्तरित गर्ने मात्रै होइन, ती दुवैका परिवारको सम्बन्ध पनि स्थापना गर्छ । वैवाहिक सम्बन्धले परिवार र समाजको सम्बन्धको पनि निर्धारण गर्छ । त्यसकारण विवाहपूर्व सुझबुझ र विचार गर्नु आवश्यक छ ।

ज्योतिषशास्त्र अन्तर्गत फलित ज्योतिषमा विवाहपूर्व कुण्डली मिलान गर्नुपर्ने उल्लेख छ । यसमा तथ्यपरक र प्रमाणित आधारहरू छन् । त्यसकारण ज्योतिषशास्त्रमा विवाहपूर्व वरबधुको कुण्डली मिलान अनिवार्य मानिएको छ ।

ज्योतिषशास्त्र अनुसार नामबाट नक्षत्र वा राशी निकालेर त्यसैको आधारमा तयारी सारिणी तालिकाबाट गुणांक निकालेर कुण्डली मिलान गरिन्छ । यसरी कुण्डली मिलान गर्दा १८ भन्दा कम गुण आयो भने विवाह अस्वीकृत गरिन्छ भने त्यसभन्दा बढी गुण आएमा विवाहको लागि स्वीकृति दिइन्छ । जन्मकुण्डली हेर्दा सर्वप्रथम लग्न, चतुर्थ, सप्तम, अष्टम, द्वादश भावमा मंगलको उपस्थिति छ कि छैन भन्ने हेरिन्छ ।

यसैका आधारमा गुण–दोष छुट्टाउने गरिन्छ ।

कुण्डली मिलान ज्योतिषशास्त्रको राम्रो ज्ञान भएका व्यक्तिहरूबाट गराउनुपर्छ ।

वर–बधुको कुण्डली मिलान किन ?
जब दुई कुण्डली मिलानमा ग्रहहरूको उपर्युक्त साथमा भएमा प्रेम पनि हुन्छ र प्रेम विवाह पनि । ज्योतिषशास्त्रको अनुसार चन्द्रमा र शुक्र एक साथमा हुनु कुनै पनि व्यक्तिलाई प्रेम हुने र यदि यी दुई ग्रहको सप्तम स्थान वा सप्तमेससँग सम्बन्ध वा दृष्टि सम्बन्ध भएमा यो प्रेम विवाहमा परिणत हुन्छ । यो होइन की प्रारब्धलाई मान्दा कर्मफलको महत्वमा कमी हुन्छ । तर, यति पक्का हो कि ग्रहहरूको संयोगले नै तपार्इँको जीवनमा विग्रह र मिलनको योगको रचना गरेको हन्छ । कुनै पनि व्यक्तिको प्रेम हुनुको पछाडि ज्योतिषीय कारणहरू पनि हुन सक्छन् । कुण्डलीमा शुक्र र चन्द्रमाको प्रबलता भएमा कुनै पनि व्यक्तिको प्रेम सम्कन्ध स्थापना हुन स्वाभाविक हुन्छ । कुण्डलीमा पाँचौं घर पे्रमको घर पनि हो । जब पञ्चम् र सप्तम् घरको सम्बन्ध हुन्छ तब प्रेम विवाहमा कायापलट हुन्छ । शुक्र या चन्द्रमाको अलावा वृष, तुला र कर्कट राशीको जातकले पनि प्रेम विवाह गर्छन् । शुक्र र चन्द्रमाले प्रेम विवाह गराउँछ भने सूर्यको उपस्थितिले सम्बन्धविच्छेदको कारक तत्व बन्छ । सूर्य र शुक्र वा शनि आपसी सम्बन्ध जोड्नमा अलगै मुख्य भूमिका निभाउँछ । सप्तम भावको सम्बन्ध यदि सूर्यसँग भएमा पनि युवा अवस्था पे्रमी–प्रेमिकाको सम्बन्ध लामो समयसम्म टिक्दैन । यिनीहरूको युति सम्बन्धविच्छेदसम्म गराउँछ । यदि राम्रोसँग आँखा खोलेर कुण्डली हेरियो भने शुक्र तथा चन्द्रमाको भएमा तपाईँहरूको आपसी प्रेम दीर्घ हुन्छ ।

विवाहपछि छोराछोरीको जीवन सुखमय एवं सौहार्दपूर्ण होस् भन्ने हरेक आमाबुबाको चाहना हुन्छ । तर, विवाहपछि पति–पत्नीको बीचमा क्लेश र विवाद सुरु भयो । र, यो कुरा सम्बन्धविच्छेद सम्म पुग्यो भने यो विचारणीय विषय हो । विवाहपछि यदि दाम्पत्य सुख नमिले या पति–पत्नी बीचको मतभेद जीवनपर्यन्त चलि¥यो, आपसी समञ्जयताको अभाव भयो भने यसको ज्योतिषीय कारण कुण्डलीमा कुनै बाधक योग हुनसक्छ । किनभने बाधक योग भएर नै पति–पत्नीको बीचमा वैचारिक मतभेद हुन्छ र नै उनीहरूमा आपसी एकअर्काप्रतिको भावनात्मक निकटता कम हुन सक्छ । यदि यस्तो स्थिति छ भने पनि भयभित हुनुपर्दैन, यस बाधक योगको पनि उपचार गरेर प्रतिकूल प्रभावहरूलाई कम गर्न सकिन्छ । दाम्पत्य सुखमा बाधक योग के हो र यसबाट छुटकारा पाउन ज्योतिषशास्त्रमा के बताएको छ त्यसलाई बुझ्नुपर्छ । विवाह हाम्रो संस्कृति र समाजमा एउटा महत्वपूर्ण संस्कार हो । भनिन्छ– जोडी संयोगले बाँधिन्छ, जुन परमात्माद्वारा पहिले नै तय भएको हुन्छ । यो पनि सत्य हो कि राम्री पति या पत्नी र राम्रो सन्तान भाग्यले नै पाइन्छ । पूर्वजन्मको कर्मको फल अनुसार नै जीवनसाथी पाइन्छ । यदि सु–कर्म अधिक भएमा वैवाहिक जीवन सुखमय र कुकर्म अधिक भएमा वैवाहिक जीवन दुःखमय हुन्छ । जन्मकुण्डलीमा विवाहको विचार सप्तम भावबाट गरिन्छ, यो भावबाट पति एवं पत्नी, काम (भोग, विलास) विवाह पहिले र पश्चातको यौन सम्बन्ध, साझेदारी आदिको विचार मुख्यरूपमा गरिन्छ ।

दाम्पत्य जीवनका केही बाधक योग
– जन्मकुण्डलीमा ६, ८, १२ भावहरूलाई अशुभ मानिन्छ । सूर्य, मंगल, शनि, राहु र केतुलाई क्रुर ग्रह मानिन्छ । यिनीहरूको अशुभ स्थिति हुनाले दाम्पत्य जीवनमा सुखको कमी आउँछ ।

– सप्तमाधिपति द्वादश भावमा छ र राहु लग्नमा भएमा वैवाहिक सुखमा बाधा हुने सम्भावना हुन्छ ।

– सप्तम भावस्थ राहु युति द्वादशाधिपतिबाट वैवाहिक सुखमा कमी हुने सम्भावना हुन्छ । द्वादशस्थ सप्तमाधिपति र सप्तमस्थ द्वादशाधिपतिसँग यदि राहुको युति भएमा दाम्पत्य सुखमा कमीको साथै सम्बन्धविच्छेदसम्मको स्थिति उत्पन्न गराउँछ ।

– लग्नमा स्थित शनि तथा रणहुले पनि दाम्पत्य सुखमा कमी गराउँछ ।

– सप्तमेश यदि षष्टम, अष्ठम, द्वादशम भावमा भएमा पनि वैवाहिक सुखमा कमीको सम्भावना हुन्छ ।

– षष्ठेशको सम्बन्ध यदि द्वितीय तथा सप्तम भाव, द्वितीयाधिपति, सप्तमाधिपति अथवा शुक्रसँग छ भने दाम्पत्य जीवनको आनन्दमा बाधा हुन्छ ।

– षष्ठभाव न्यायालयको पनि भाव भएकोले सप्तमेश षष्ठेशको साथमा षष्ठ भावमा छ वा षष्ठेश, सप्तमेश र शुक्रको युति भएमा पति–पत्नीबीचमा न्यायिक संघर्ष हुने सम्भावना हुन्छ ।

– यदि विवाहपूर्व कुण्डली मिलान गरेर उपरोक्त दोषहरूको निवारण गरेपश्चात विवाह गरिएको हो भने दाम्पत्य सुखमा कमी हुँदैन । कसैको कुण्डलीमा कुन ग्रहको कारणले दाम्पत्य सुखमा कमी ल्याइरहेको छ । यसको लागि कुनै विशेषज्ञको सल्लाह लिनुपर्छ ।

१) विवाह योगको लागि जुन मुख्यकारक हुन्छ, ती यसप्रकार छन् ।
– सप्तम भावको स्वामी खराब छ वा सही छ, त्यो आफ्नो भावमा बसेको छ कि वा कुनै अन्य स्थानमा बसेर आफ्नो भावलाई देखिरहेको छ कि । सप्तम भावमा कुनै अन्य पाप ग्रहहरूको दृष्टि त परेको छैन ? कुनै पाप ग्रह सप्तम भावमा त बसेको छैन ? यदि सप्तम भावमा सम राशी छ । सप्तमेश र शुक्र सम राशीमा छ । सप्तमेश बली छ । सप्तमभावमा कुनै ग्रह छैन । कुनै पाप ग्रहको दृष्टि सप्तम भाव र सप्तमेशमा छैन । द्वितीय, सप्तम र द्वादश भावको स्वामी केन्द्र वा त्रिकोणमा छ र गुरुको दृष्टि छ । सप्तमेशको स्थितिभन्दा अगाडिको भावमा या सप्तम भावमा कुनै क्रुर ग्रह त छैन ?

२) यदि यस्तो भएमा विवाह हुँदैन
सप्तमेश शुभ स्थानमा छैन । सप्तमेश षष्ठ, अष्टम तथा द्वादश स्थानमा अस्त भएर बसेको भएमा । सप्तमेश नीच राशीमा छ । सप्तमेश द्वादश स्थानमा छ र लग्नेश या राशीस्वामी सप्तम स्थानमा छ । चन्द्र र शुक्र साथमा छ, त्यसको सप्तम स्थानमा मंगल र शनि विराजमान छ । शुक्र र मंगल दुवै सप्तम स्थानमा छ । शुक्र र मंगल दुवै पञ्चम् या नवम् भावमा छ । शुक्र कुनै पाप ग्रहको साथमा पञ्चम् या नवम् भावमा छ । शुक्र, बुध र शनि तीनै ग्रह नीचको छ । पञ्चम् भावमा चन्द्रमा छ, सप्तम् या द्वादश् भावमा दुई वा दुई भन्दा धेरै पापग्रह छ । सूर्य स्पष्ट र सप्तमेश स्पष्ट बराबर छ ।

३) विवाहमा विलम्ब
सप्तम भावमा शुक्र र बुध दुवै ग्रह भएमा विवाहको कुरा त चलिरहे पनि विवाह भने आधा उमेर ढल्केपछि मात्रै हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस