कार्तिक २ गते, २०७५

किसानलाई ६३ लाख अनुदान

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि ६३ लाख अनुदान दिइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कुँवरले जानकारी दिए ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि तीन लाख तथा तरकारी ब्लकका लागि ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले भने । उक्त नगरपालिकामा आव २०७३÷७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । रासस

श्रावण २५ गते, २०७५ - १३ः४६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg