हरेक नागरिकले सूचनाको हकसम्बन्धी जानकारी राख्नुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हरेक नागरिकले सूचनाको हकसम्बन्धी जानकारी राख्नुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा


२५ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले हरेक नागरिकले सूचनाको हकसम्बन्धी जानकारी राख्नुपर्ने बताएका छन् ।

बागेश्वरी असल शासन क्लब, बाँकेले नेपालगन्जमा आयोजना गरिएको सुशासन तथा सूचनाको हक विषयक तालिमको उद्घाटनमा उनले यस्तो बताएका हुन् ।

सार्वजनिक निकाय वा संस्थाबाट सार्वजनिक चासोका बिषयबारे हरेक नागरिकले सूचना माग गर्न अधिकार रहेको उनले बताए । तर, अझै पनि हरेक नागरिकले सूचनाको अधिकार पाउन नसकेको उनको भनाइ छ ।

१७ जिल्लाका सहभागी रहेको उक्त तालिमका बास्कोटा मुख्य प्रशिक्षक रहेका थिए ।

क्लबले शुसासन, पारदर्शिता, जवाफदेहिता र सूचनाको हकको विषयमा काम गरिरहेका अध्यक्ष मन भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस