पेटाङ्ग टोली स्वदेश फिर्ता : महिला टोलीले हासिल गर्यो तेस्रो स्थान (फोटो फिचर) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेटाङ्ग टोली स्वदेश फिर्ता : महिला टोलीले हासिल गर्यो तेस्रो स्थान (फोटो फिचर)


२३ श्रावण २०७५, बुधबार


काठमाडौं । थाइल्यान्डको करावीमा जुलाइ २६ मा आयोजना भएको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन नेपालबाट गएको आठ सदस्यीय टोली स्वदेश फिर्ता भएको छ । पेटाङ्ग संघका महासचिव कुलबहादुर थापाको नेतृत्वको टोली प्रतियोगितामा उत्साहप्रद सहभागिता जनायर स्वदेश फिर्ता भएको हो ।

प्रतियोगितामा महिला टोलीले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तम थापा, शुशील भण्डारी, इश्वर लामा र महेश शर्मा तथा महिलातर्फ रन्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठले सहभागिता जनाएका थिए ।

यसैगरी, पेटाङ्ग ट्रेन दी ट्रेनर कोर्समा भाग लिन पनि पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेको थियो । उक्त कोर्स जुलाई २६ देखि ३१ सम्म सञ्चालन भएको थियो । टोलीमा राजेन्द्रप्रसाद जोशी, मिनप्रसाद गैरे, अभिषेक भारी, प्रमोद उप्रेती र सन्दीप अधिकारी सहभागि थिए । उनीहरु उक्त कोर्स सफलता पूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका हुन् ।

फर्किएको टोलीलाई संघका मुख्य प्रशिक्षक एवम् केन्द्रीय सदस्य स्वभित भट्ट र घनश्याम ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कोर्समा सहभागी टोलीले थुप्रै कुरा सिकेको अनुभव सुनाएको बताउँदै संघका सचिव दिपक जोशीले अब सातै प्रदेशका खेलाडिलाई प्रशिक्षण दिने बताए । उनले भने ‘यो जुन सुकै उमेर समूहका मान्छेले पनि खेल्न सक्छन्, नेपालमा यसको विकासका लागि संघले थुप्रै काम गरिरहेको छ । अझै विदेशी खेलाडिको अनुभव बटुलेर नेपाली खेलाडिलाई प्रशिक्षित गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । अब यो टोली पेताङ्गको विकासका लागि विभिन्न ठाउँमा प्रशिक्षण दिने छ ।’

जोशीले युरोपमा निकै चर्चित रहेको यस खेललाई नेपालमा पनि विकास गर्न सके प्रयर्टन पनि भित्र्याउन सकिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस