एकदिवसीय क्रिकेटमा जीत हासिल गरी नेपाली टोली स्वदेश फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकदिवसीय क्रिकेटमा जीत हासिल गरी नेपाली टोली स्वदेश फिर्ता


२१ श्रावण २०७५, सोमबार


नेपाली क्रिकेट टोली

काठमाडौंं । एकदिवसीय क्रिकेटमा  ऐतिहासिक जीत हासिल गरी नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।

नेदरल्यान्डलाई पराजित गर्दै एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनाउँदै विजेता बनेको हो ।

नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो ।

प्रतिक्रिया दिनुहोस