प्रकाश नेपालीको अन्धो समाज सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकाश नेपालीको अन्धो समाज सार्वजनिक


२० श्रावण २०७५, आइतबार


काठमाडौं । युवा साहित्यकार प्रकाश नेपालीको उपन्यास अन्धो समाजको बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको छ । शिखा बुक्स, रेडियो जागरण र लुम्बिनी वाङमय प्रतिष्ठान रूपन्देहिको आयोजनामा वुटवलमा एक कार्यक्रमका बीच साहित्यकार भुवनहरी सिग्देलले नेपालीका कृति सार्वजनिक गरेका हुन् ।

उपन्यासको समीक्षा गर्दै साहित्यकार शान्ता शर्माले उपन्यासले समाजमा रहेको जातिय छुवाछुत जस्ता कुरिती उठाईएकोे बताईन । अर्का समिक्षक जिवन न्यौपानेले समाजको यथार्थ कथा समेटिएको बताए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार जंग बहादुर शाहले जातिविहिन समाज बनाउँदा मात्रै विभेद हट्ने बताए । उनले किताबमा भएको बिषयलाई कार्वन्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, रूद्र ज्ञवाली, लक्ष्मण ज्ञवाली, लुम्बिनी वाङमय प्रतिष्ठानका केन्द्रिय सदस्य ऋषि आजाद, नारायण लगायतले आ–आफ्ना बिचार राखेका थिए । कार्यक्रममा कविता तथा गजल वाचन समेत गरिएको थियो ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले सामजमा रहेको छुवाछुत, महिला हिंसा, रजस्वला बार्ने, चेलिबेटि बेचविखन, अन्तरजातीय विवाह जस्ता विषयलाई उठान गरेको लेखक प्रकाश नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस