जब नयनमा बसेका मान्छे दूर भए
मनका रंगिन सपना चकनाचुर भए
सुइँको नपाउने गरी राखेथेँ दिलभित्र
कसले सुनाइदियो दुनियाँ जुरमुर भए
एक्कासि यस्तो खबर आयो गाउँमा
पागलजस्तै भए सारा आफन्त बेसुर भए
मलाई दुनियाँ भएको आभास भइरहन्छ
मनको मान्छेसँगको सम्बन्ध सुमधुर भए
संसारलाई चासोको विषय नै होइन यो
मैले पुजेँ मन्दिर, देउता उनी गजुर भए