सगरमाथा सिमेन्ट गुणस्तरहीन : उत्पादन र बिक्री वितरण बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सगरमाथा सिमेन्ट गुणस्तरहीन : उत्पादन र बिक्री वितरण बन्द


प्रशासन विशेष ब्युरो

१७ श्रावण २०७५, बिहिबार


सगरमाथा सिमेन्ट

काठमाडौं । घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिईएको छ ।

सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्नुका साथै थप कारबाहीका लागि प्रक्रियासमेत अगाडी बढाएको जनाएको छ ।

उद्योगलाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस