नेपाल र नेदरल्याण्ड्सबीचको खेल शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल र नेदरल्याण्ड्सबीचको खेल शुरु


१६ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ ।

नेदरल्याण्ड्सस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ ।

नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् ।

त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुईवटा खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता यो स्वरुपको खेल खेल्न लागेको पहिलो अवसर हो ।

पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड्स टोलीमा बेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

नेपाल र नेदरल्याण्ड्सबीच आम्स्ट्राडाममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस