वाणिज्य सन्धि पुनरावलोकन गर्ने सरकारको तयारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वाणिज्य सन्धि पुनरावलोकन गर्ने सरकारको तयारी


प्रशासन विशेष ब्युरो

१४ श्रावण २०७५, सोमबार


सचिव

काठमाडौं । सरकारले सन् २००९ मा भएको नेपाल भारतबीचको वाणिज्य सन्धि पुनरावलोकन गर्ने तयारी गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सन्धि पुनरावलोकन सम्बन्धी पहिलो बैठकमा भाग लिन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव रविशंकर सैंजुको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल भारत पठाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्धि पुनरावलोकन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न वार्ता टोलीलाई म्यान्डेट दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल वास्कोटाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस