कांग्रेसका पुराना नेता आचार्यको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेसका पुराना नेता आचार्यको निधन


१३ श्रावण २०७५, आइतबार


नुवाकोट । नेपाली कांग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ ।

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएकामा उपचारका क्रममा गए राति नै निधन भएको आचार्यका सहकर्मी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिए ।

वि.सं. २०३३ देखि कांग्रेसको राजनीतिमा होमिएका आचार्यलाई कांग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा कांग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए ।

उनी २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति पदमा पार्टीबाट सभापतिको उम्मेदवार बनेका थिए । उनी वि.सं. २०५६ मा पार्टीको जिल्ला समितिको कावा सभापतिसमेत भएका थिए ।

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने कांग्रेसका पूर्वसभापति अधिकारीले बताए । ‘प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदान अतुलनीय छ ।

स्व आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी छन् । रासस

प्रतिक्रिया दिनुहोस