नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित


११ श्रावण २०७५, शुक्रबार


नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ ।

मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । दिल्ली प्रहरीले बैकल्पिक मार्गहरु प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ ।

दिल्लीको मौसमको बारेमा जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५.८ मिलिमिटर वर्षा भएकोमा आज शुक्रबार बिहानसम्म ३७.४ मिलिमिटर वर्षा भएको छ ।

दिल्लीका जाकिर हुसैन कलेज, रामलीला मैदान लगायतका क्षेत्रहरुमा वर्षादको पानी जमेको छ । वसन्तकुञ्जबाट इन्दिरा गान्धी विमानस्थलसम्मका मार्गहरु पनि जलमग्न भएका छन् । नयाँदिल्लीका कतिपय स्कुलहरु बन्द गरिएका छन् । रासस/पिटीआई

प्रतिक्रिया दिनुहोस