सरकार र डा. केसीबीच सहमति, २७ दिनदेखिको अनशन तोडिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र डा. केसीबीच सहमति, २७ दिनदेखिको अनशन तोडिँदै


प्रशासन विशेष ब्युरो

१० श्रावण २०७५, बिहिबार


डा. गोबिन्द केसी

काठमाडौँ । सरकारसँग सहमति भएपछि डा. गोविन्द केसीले २७ दिनदेखिको अनशन तोड्दै छन् ।

बिहीवरको करिब ९ घण्टा लामो वार्ता पछि डा. केसीको अनशन तोडिन लागेको हो ।

सहमतिपछि डा. केसीलाई सुवास नेम्वाङ र प्राध्यापक केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्।

सरकारले डा केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्ने सहमति पत्रमा डा केसीले हस्ताक्षर गरेका छन्। डा. केसीलाई थप उपचारका लागि आजै आइसियूमा भर्ना गरिँदैछ।

प्रतिक्रिया दिनुहोस