हनिमुन मनाउन नभई काम गर्न आएका हौं : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हनिमुन मनाउन नभई काम गर्न आएका हौं : प्रधानमन्त्री ओली


८ श्रावण २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै कांग्रेसले बखेडा झिकेको बताए । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनप-यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले कांग्रेसलाई अपदस्थ ग-यौं । ”

प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । “उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भने “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले काँंग्रेसलाई प्रश्न गरे, “कांग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ ।” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्युष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताएका छन् । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” प्रधानमन्त्री ओलीले भने, “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान गएको बताए त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उनले भने ।

प्रतिक्रिया दिनुहोस