धान रोपाइँ ९५ प्रतिशत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धान रोपाइँ ९५ प्रतिशत


८ श्रावण २०७५, मंगलबार


भीमदत्तनगर । प्रदेश नं. ७ मा ९५.५ प्रतिशत धान रोपाइँ सकिएको छ ।

यहाँको नौ वटै जिल्लामा गरी कूल एक लाख ७६ हजार ९८६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको क्षेत्रीय कृषि निर्देशनालय दिपायल, डोटीले जनाएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्राविधिक सहायक सरिता पन्तले प्रदेश नं. ७ मा एक लाख ६९ हजार ९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जानकारी दिए ।

सबैभन्दा बढी कैलालीमा ७१ हजार २५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । कैलालीमा सय प्रतिशत र कञ्चनपुरमा ९९ प्रतिशत धान रोपाइँ सकिएको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक पन्तले बताए । कञ्चनपुरमा ४८ हजार ४५० हेक्टरमा धान रोपाइँ गरिन्छ । सात पहाडी जिल्लामा समेत रोपाइँ सकिन लागेको छ । प्रदेशमै सबैभन्दा बढी धान उत्पादन हुने गरेको उनले बताए।

यसैगरी प्रदेश नं. ७ मा धान रोपाइँ हुने क्षेत्रमध्ये एक लाख ६६ हजार ३२५ हेक्टरमा नियमित सिचाइँ तथा करीब ५३ हजार हेक्टर आशिंक सिञ्चित क्षेत्र रहेको क्षेत्रीय निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस