आज साउनको पहिलो सोमबार, शिवको पूजाआराधनाका लागि विशेष « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज साउनको पहिलो सोमबार, शिवको पूजाआराधनाका लागि विशेष


७ श्रावण २०७५, सोमबार


काठमाडौं । आज साउनको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आधारधना गरी मनाउँदैछन्। भगवान शिवको पूजा आराधनाका लागि विशेष मानिन्छ ।

साउन महिनाको सोमबार शिवको दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

महिलाले साउनमा हरिया चुरा(पोते, मेहन्दी र हरियै रङका लुगा लगाएर सोमबारको ब्रत बस्ने गर्छन्।

साउनको सोमबार बोलबम जाने परम्परा छ। पशुपतिनाथ लगायत देशभरिकै शिव मन्दिरमा साउने सोमबारको दिन तीर्थालुको घुइँचो लाग्छ।

प्रतिक्रिया दिनुहोस