डा. केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री


५ श्रावण २०७५, शनिबार


जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको मागअनुरूप के गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहकार्य भइरहेको बताए ।

गृहमन्त्री थापाले संघीय प्रहरी ऐन निर्माणपछि मात्र प्रदेश प्रहरी ऐनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट गरे । सीमासम्बन्धी देखिएका जटिलतालाई आपसी सहमतिका आधारमा समाधान गरिने बताउँदै उनले सम्झौताको पुनरावलोकन पनि अपरिहार्य भइसकेको धारणा राखे ।

गृहमन्त्री थापाले सरकारी ठेक्का लिइ काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी पनि दिए । उनले पार्टी एकीकरणको प्रत्याभूतिको कार्य अब स्थानीय तहमा पनि तीव्र गरिनेछ भने । रासस

प्रतिक्रिया दिनुहोस