प्रधानमन्त्रीले संबोधन गर्ने, कांग्रेसले अवरोध गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीले संबोधन गर्ने, कांग्रेसले अवरोध गर्ने


२ श्रावण २०७५, बुधबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

पोखरा । गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले संबोधन गर्ने भनिएको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने जनाएको छ ।

केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । नेकपालाई जानकारी पनि गराइसकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’

प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् ।

‘देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अवरोध गर्नु उचित हुँदैन । कांग्रेसका लागि पनि यो एउटा अवसर हो,’ पहारीले भने।’

प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस