अस्थायी कर्मचारीहरु काममा फर्किने, सरकार आफ्नो निर्णयबाट पछि हट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अस्थायी कर्मचारीहरु काममा फर्किने, सरकार आफ्नो निर्णयबाट पछि हट्यो


प्रशासन विशेष ब्युरो

२ श्रावण २०७५, बुधबार


काठमाडौं । विभिन्न सरकारी कार्यालयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि काममा फर्कने भएका छन् ।

अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेसँगै कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

काठमाडौंका विभिन्न कार्यलयमा मात्र १३ हजार र देशभरका गरी करीब ३० हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यालय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस