कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्दा सञ्चयकर्ता प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्दा सञ्चयकर्ता प्रभावित


१ श्रावण २०७५, मंगलबार


कर्मचारी सञ्चय कोष

काठमाडौं । कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गर्दा सञ्चयकर्ता प्रभावित बनेका छन् ।

कोषले मंगलबारदेखि लागू हुने गरी बचत र ऋण दुबैको व्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको छ । योसँग कोषमा रकम जम्मा गर्दा सञ्चयकर्ताले पाउने व्याजदर ८.२५ प्रतिशत कायम भएको छ ।

यस्तै घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर ९.७५ प्रतिशत पुर्याइएको छ । सरल चक्र कर्जामा ब्याज बढाएर १० बाट बढाएर १०.२५ प्रतिशत बनाइएको छ । यसैगरी ४० लाख रुपैयाँभन्दा माथिको घर सापटीमा लिने ब्याजदर १०.२५ प्रतिशत बनाइएको छ ।

कोषले विशेष सापटीको ब्याजदर भने बढाएको छैन । विशेष सापटी रकमको सीमा भने कोषले घटाएको छ । योसँग पहिले ९० प्रतिशत रकम पाउँदै आएकामा अब कूल सञ्चय कोष मौज्दातको ८० प्रतिशत मात्र रकम यो शीर्षकमा ऋण पाइनेछ ।

कोषको व्याजदर परिवर्तनले संचयकर्ता निकै प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस