मुखमा लुकायर ल्याउँदै गरेको सुन सहित दुई जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुखमा लुकायर ल्याउँदै गरेको सुन सहित दुई जना पक्राउ


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । मुखमा सुन लुकाएर नेपाल भित्रिएका दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् ।

दुबइको सारदहबाट एयरअरेवीयाको विमानबाट नेपाल भित्रिएका रइज अहमद र मोहम्मद अजामलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीले प्रशासनसँग कुरा गर्दै अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद भएको हो । चेकजाचका क्रममा सुनको दाँत जस्तो देखिएको खानतलासी गर्दा उनीहरुले जीब्रोमुनि लुकाएर सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस