बेलायती सेनामा नेपाली युवती भर्ना हुन पाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेलायती सेनामा नेपाली युवती भर्ना हुन पाउने


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । बेलायती सेनामा नेपाली युवती पनि भर्ना हुन पाउने भएका छन् । बेलायती सञ्चार माध्यमका अनुसार बेलायत सरकारले नेपाली युवतीलाई भर्ना हुने पाउने तयारी थालेको छ । यसअघि बेलायती सेनामा नेपालबाट पुरुषहरू मात्रै भर्ना हुन पाउँथे ।

बेलायती समाचार संस्था ‘सन्डे टाइम्स’, ‘टेलिग्राफ’, ‘दी गाडियन’ का अनुसार सन् २०१९ बाट नेपाली महिलालाई सेनामा भर्ना लिइनेछ । समाचार अनुसार करिब तीन हजार महिला सैनिक भर्ना गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ । उनीहरूको तालिम प्रक्रिया भने सन् २०२० मा सुरु हुने समाचार संस्थाले जनाएका छन् ।

आकर्षक तलव सुविधाका कारण बेलायती सेनामा नेपाली युवाको आकर्षण बढ्दो छ । बेलायत सरकारले वार्षिक दुई सय ८० नेपाली युवालाई सेनामा भर्ना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस