काठमाडौं । सेनाको बढुवा समितिले गरेको महासेनानीको बढुवा सिफारीस प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सदर गरेका छन् ।
बढुवाका लागि एक नम्बरमा महासेनानी हिमांशु खड्काको नाम सिफारीस भएको छ ।
त्यसैगरी सुरेश कुमार बानिया, प्रदिपजंग केसी, निरज पौडेल, पंकज कार्की, प्रयोग राणा, योगराज शर्मा, राम राणा, लव कुमार रायमाझी, अर्जुन श्रेष्ठ बढुवाका लागि सिफारीस भएका छन् ।
प्राविधिक सहायकरथीमा डा. राजिवराज शाही, डा.उदय बज्र बज्राचार्य र प्राविधिक महासेनानीमा डा.नम्रता महरा बढुवा सिफारीस भएकी छन् ।