गृहमन्त्री थापा र चिनिया उपमन्त्री भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री थापा र चिनिया उपमन्त्री भेट


३२ असार २०७५, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका चिनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो ।
भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरे । भेटमा उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिए ।

नेपालको भूमिबाट हुने चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरे ।

चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चिन भ्रमणका लागि निमन्त्रणा गरेको भेटमा उपमन्त्री जुनले जानकारी दिए । भेटमा गृहमन्त्रालयका उच्चअधिकारीहरु तथा नेपालका लागि चिनिया राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस