संसदको दोस्रो बैठक पनि अवरुद्ध, अर्को बैठक साउन ३ बस्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसदको दोस्रो बैठक पनि अवरुद्ध, अर्को बैठक साउन ३ बस्ने


३२ असार २०७५, सोमबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि आग्र गरेपनि कांग्रेसले सदरमा अवरोध गरिरह्यो । कांग्रेसको अवरोधका कारण शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत बोल्ने समय पाएनन् ।

कांग्रेसको अवरोधका कारण बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस