दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला


३२ असार २०७५, सोमबार


गाईघाट । दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस