जथाभावी बाटो काटे प्रहरी फन्दामा ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जथाभावी बाटो काटे प्रहरी फन्दामा !


३२ असार २०७५, सोमबार


काठमाडौं । जथाभावी बाटो काट्ने बानी छ ? त्यसो हो भने बानी सुधार्नुस् । नत्र प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।

ट्राफिक प्रहरीले आइतबारदेखि जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिई प्रशिक्षण थालेको हो । ट्राफिक प्रहरीका अनुसार आइतबार उपत्यकाका विभिन्न स्थानमा चार हजार जनालाई प्रशिक्षण गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जथाभावी बाटो काट्ने पैदल यात्रुका लागि एक महिने सचेतना अभियान थालेको बताए । उनका अनुसार जथाभावी बाटो काट्दा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि अभियान थालिएको हो । प्रहरीले जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिई सडक सुरक्षा, सडक प्रयोग, क्षति न्यूनीकरणलगायत विषयमा २० मिनेट प्रशिक्षण दिने गरेको उनले बताए ।

‘यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका १२ स्थानमा दुई सय सिविल र ट्राफिक प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

आकाशे पुल र जेब्रा क्रसिङ हुँदा पनि जथाभावी बाटो काट्ने क्रम नरोकिएको ट्राफिक प्रहरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस