डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै


प्रशासन विशेष ब्युरो

३२ असार २०७५, सोमबार


जुम्ला । डा. गोविन्द केसीको घाँटीमा संक्रमण बढ्दै गएको छ ।

१६ दिनदेखि अनशनरत केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ ।

उनको नसा सुन्निएको र औषधि लिन नमानेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुशार डा. केसीको मुटुको गतिमा असामान्य परिवर्तन देखिएपछि भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखिएको छ ।

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै इमर्जेन्सी म्यानेजमेन्टका सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको डा. रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस