सात उपरथीको सरुवा, युद्धकार्य महानिर्देशकमा शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सात उपरथीको सरुवा, युद्धकार्य महानिर्देशकमा शर्मा


प्रशासन विशेष ब्युरो

३१ असार २०७५, आइतबार


काठमाडौं । नेपाली सेनाका सात उपरथीहरुको सरुवा भएको छ ।

सरुवा हुनेमा उपरथीहरु प्रभुराम शर्मा, शरद गिरी, प्रल्हाद थापा, शुवर्ण शाह, देवेन्द्र मेघासी, काजिबहादुर खत्री र देवकुमार सुवेदी रहेका छन् ।

सैनिक स्रोतका अनुशार मध्य पृतना हेटौडमा पृतनापति रहेका उपरथी प्रभुराम शर्मालाई युद्धकार्य महानिर्देशनालयको जिम्मेवारी दिइएको छ भने युद्धकार्य महानिर्देशक उपरथी शरद गिरीलाई शिवपुरीस्थित स्टाफ कलेज सरुवा गरिएको छ ।

शर्माको ठाउँमा हालसालै बढुवा भएका उपरथी शुवर्ण शाहलाई खटाईको छ । स्टाफ कलेजका उपरथी प्रल्हाद थापालाई सैनिक तालिम तथा डक्टिन महानिर्देशनालयको जिम्मेवारीमा दिइएको छ ।

त्यस्तै पश्चिम पृतनापति उपरथी देवेन्द्र मेघासीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ भने परिषद सचिवालयका उपरथी काजीबहादुर खत्रीलाई पोखराको पृतनापतिको रुपमा सरुवा गरिएको छ । देवकुमार सुवेदीलाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस