३० हजार घुससहित भूमिसुधारका नायब सुब्बा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३० हजार घुससहित भूमिसुधारका नायब सुब्बा पक्राउ


प्रशासन विशेष ब्युरो

३१ असार २०७५, आइतबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार कार्यालय बिराटनगरका नायब सुब्बालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मोहियानी हक मिलाउने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नासु दामोदर खतिवडालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वमा खटिएको टोलीले खतिवडालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घुससहित पक्राउ गरिएका खतिवडालाई अहिले इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयमा ल्याइएको र थप कारबाहीका लागि सोमबार काठमाडौँ ल्याउने तयारी गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस