सिंहदरवार । स–साना टहरा । जताततै झार । केही अस्तव्यस्त त केही क्षतिग्रस्त । सिंहदरवारमा देखिने दृष्य हो यो ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार कुरूप छ भन्दा सायदै कोही पत्याउलान् । तर, वास्तविकता यही हो । अव्यवस्थितरूपमा बनाइएका स–साना टहराले सिंहदरवारलाई कुरूप बनाएको छ ।
हेर्नुस् तस्बिर
सिंहदरवारभित्र यस्ता टहरा झन्डै एक दर्जन छन् । केहीमा कर्मचारी बस्दै आएका छन् भने केही प्रयोगविहिन छन् ।
हेर्नुस् तस्बिर
प्रयोगविहीन टहरा नै बढी अस्तव्यस्त देखिएको यहाँका कर्मचारी बताउँछन् । ‘लामो समयदेखि मर्मत हुन नसकेकाले टहरा अव्यवस्थित देखिएका हुन्, यसले सिंहदरवारको सौन्दर्य पनि मेटाएको छ,’ सिंहदरवारका एक कर्मचारी भन्छन् । सिंहदरवारलाई सुन्दर बनाउन यस्ता टहरा हटाउनुपर्ने ती कर्मचारीको सुझाव छ ।
तर, सिंहदरवारको पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले यसतर्फ चासो देखाएको छैन ।
समितिका सदस्य सचिव वसन्तकुमार राई भने सिंहदरवारको पुनर्निर्माण अघि बढिरहेको बताउँछन् । ‘काम सुरु गरे पनि प्रक्रियाका कारण लम्बिरहेको छ,’ उनी भन्छन् ।
अबको केही समयमै सिंहदरवारका अव्यवस्थित टहराको पहिचान गरी हटाउने सदस्यसचिव राईले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवर सिंहदरवार परिसरका निकायलाई जथाभावी टहरा नबनाउन र पुराना भत्किएका सबै संरचना हटाएर सफा राख्न निर्देशन दिइसकिएको बताउँछन् ।
भूकम्पले भत्काएका टहरादेखि स्यालगोठ जस्ता देखिने कैयू टहराहरु सिँहदरवारभित्र जताततै देखिन्छन् । भूकम्प गएको तीन वर्ष वितिसक्दासमेत सिँहदरवारको
चौघेराभित्रको व्यवस्थापन गर्न नसकेको सरकारी संरचनाले देशको पुनःनिर्माण कहिले गर्ने होला त्यसबारे भने सबै अनविज्ञ जस्तै देखिन्छन् ।