फूलको घरबाट सुटुक्क मह चोर्ने माहुरीको फोटो कथा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फूलको घरबाट सुटुक्क मह चोर्ने माहुरीको फोटो कथा


प्रशासन विशेष ब्युरो

३० असार २०७५, शनिबार


काठमाडौं । फूल भनेपछि मन नपराउने सायदै कोही होलान् । अद्भुत प्रकृतिको चमत्कारिक उपहार फूलको महिमा हरेक समूदायमा छ । सबैको मन बहलाउने फूल जति फूल भएर महत्व छ त्यसको रसबाट बन्ने महको महत्व अझ धेरै छ ।

विभिन्न प्रजातिका वनस्पतिहरुको रस तथा अन्य गुलियो पदार्थ संकलन गरी जव माहुरी तरल पदार्थ जम्मा गर्दछ तव त्यो मह बन्दछ ।

खाए पनि ठीक लाए पनि ठीक आयुर्वेर्दिक औषधीययुक्त वहु उपयोगी र वहु आयामिक गुण भएकै कारण महलाई अमृत नै मानिन्छ ।

चाहे वच्चा, युवा या बृद्ध मह सधै सबै शरीरका लागि स्वस्थ र हितकर रहन्छ ।

गर्मि मौसममा चिसो पानीसँग घोलेर खाँदा शरीरलाई सितलता प्रदान गर्ने मह जाडोमा तातो पानीसँग खाँदा न्यायो गराउँछ ।

जैविक विविधताले भरीपूर्ण नेपालका वनस्पतिहरुमा पाइने आयुर्वेदिक औषधीय गुणकै कारण नेपाली मह विश्व बजारमै अग्रणी मानिन्छ ।

नेपाली संस्कारमा त जन्मदेखि मृत्यूसम्म नै काममा आउने तथा बुढ्यौली हुन नदिने तत्वसमेत पाइने मह बनाउने माहुरीको कथा आजको प्रकृतिसँग

Tags :
प्रतिक्रिया दिनुहोस