बाबुराम भट्टराइले ल्याए ‘भुरुरु उडेको पुतली’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाबुराम भट्टराइले ल्याए ‘भुरुरु उडेको पुतली’


२९ असार २०७५, शुक्रबार


काठमाडौं । गायिका रमिला न्यौपाने र खुमन अधिकारिको सुमधुर स्वरमा सजिएको तीज गीत ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक भएको छ ।

खुमन अधिकारीको लयशब्दमा रहेको गितलाइ अमेरिका निवासि बाबुराम भट्टराइले प्रस्तुत गरेका हुन् । लोक संगित तिरको आफ्नो रुचिलार्इ यथार्थमा बदल्न यो गीतमा लगानी गरेको उनले बताए । आगामी दिनमा आफ्नै स्वरमा गीत निकाल्ने उनले तयारी गरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडलहरु करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

गितलाइ मायालु इन्टरटेन्मेन्टस अष्ट्रेलियाले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस