सरकारद्वारा विभिन्न विद्याका स्रष्टाहरू सम्मानित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारद्वारा विभिन्न विद्याका स्रष्टाहरू सम्मानित


२८ असार २०७५, बिहिबार


काठमाडौं । भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा अनवरत क्रियाशील विभिन्न रहेका स्रष्टाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल रिमाल राष्ट्रिय पुरस्कार वितरण गरिएको हो ।

यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधातर्फ प्रा.डा. रञ्जना बज्राचार्य (काठमाडौं), सगीत तथा नाट्य विधातर्फ प्रचण्ड मल्ल, ललितकला तर्फ ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्यायले पाएका छन् ।

प्रादेशिक पुरस्कार पाउनेमा संस्कृति विधातर्फ प्रदेश १ बाट प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रदेश २ बाट डा. पशुपतिनाथ झा, प्रदेश ३ का उद्धवप्रसाद भट्टराई, प्रदेश ४ का डा. दीनबहादुर थापा, प्रदेश ५ बाट प्रतिभा पुन, प्रदेश ६ बाट रमानन्द आचार्य र प्रदेश ७ बाट मनिराज जोशी रहेका छन् ।

संगीत तथा नाट्य विधाअन्तर्गत प्रादेशिक प्रतिभा पुरस्कार पाउनेमा नारायण ओली, प्रियंका झा, सुनीता दुलाल, इतु जोजिजु, सरस्वती चौधरी, खर्कबहादुर बुढा र सुधादेवी चाड रहेका छन् ।

ललितकला विधाअन्तर्गत गोपालप्रसाद कलाप्रेमी, सीतादेवी कर्ण, सौरगंगा दर्शनधारी, सुनील सिग्देल, नरेन्द्रप्रसाद भण्डारी, झिग्मे तामाङ र दीपक आउजी रहेका छन् ।

भाषा तथा साहित्य विधातर्फ प्रतिभा पुरस्कार पाउनेमा भोलानाथ पोखरेल, विनित ठाकुर, नरेन्द्रराज पौडेल, महेश्वर शर्मा, दुवीनन्द ढकाल, बलभद्र भारती र चन्द्रदेव जोशी रहेका छन् ।

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार कवितामा कञ्चन पुडासैनी, निबन्धमा तेजराज खतिवडा, बालसाहित्यमा विनय कसजू, भाषा साहित्यमा महेश्वर राय र आख्यान विधामा अभि सुवेदी रहेका छन् । साथै, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नरेश शाक्य र प्रा.डा. मोहनहिमांशु थापाले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस