अस्थायी शिक्षक परीक्षाको तयारी पूरा, निर्धक्क परीक्षा दिन आयोगको अपिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्थायी शिक्षक परीक्षाको तयारी पूरा, निर्धक्क परीक्षा दिन आयोगको अपिल


२७ असार २०७५, बुधबार


काठमाडौं । पटक पटक स्थगित भएको अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाको सबै तयारी पूरा भएर शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई परीक्षाकालागि अपिल गरेको छ ।

आउँदो शुक्रबार र शनिबार हुने परीक्षाका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइसकेको शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार परीषकालागि सुरक्षा व्यवस्थालगायत कर्मचारीहरु पनि परिचालित भइसकेका छन् ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी जम्मा २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ ।

परीक्षाको पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

आयोगका अनुसार परीक्षा सञ्चालन हुने पाँच विकास क्षेत्रका विभिन्न ५ जिल्लामा गरी १ सय १६ परीक्षाकेन्द्र पनि निर्धारण गरिसकेको छ ।

पूर्वाञ्चलमा झापा, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा कास्की, मध्यपश्चिमाञ्चलमा बाँके र सूदुरपश्चिमाञ्चलमा कञ्चरपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

आयोगले चैतमा शिक्षा ऐनको आठौं संशोधनमार्फत् पहिलो पटक विज्ञापन खुलाएको थियो । त्यसयता चार पटक परीक्षा स्थगित भैसकोके छ ।

प्रतिक्रिया दिनुहोस