बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ


२७ असार २०७५, बुधबार


पक्राउ

कञ्चनपुर । बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय वि.सं. २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखी कर्तब्य ज्यान अपराध शीर्षकमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस