समिति बनाएरै छलफल गर्न बारलाई आयोगको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समिति बनाएरै छलफल गर्न बारलाई आयोगको आग्रह


२६ असार २०७५, मंगलबार


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन विधेयकको लागि एक समिति गठन गरी छलफल गर्न नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीलाई आग्रह गरेका छन् ।

आयोगका अध्यक्ष शर्माले भने, “विधेयकमाथि दफाबार नै छलफल गरेर अन्तिम रुप दिन जरुरी छ, त्यसका लागि बारले एउटा समिति नै बनाएर दफा÷दफामा छलफल गर्नुस् र आयोगलाई दिनुस् ।”

विधेयकमा कमिटीले छलफल गर्दा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानून, कानूनको सर्वमान्य सिद्धान्तलाई ध्यानमा राखेर छलफल गर्न र संक्रमणकालीन न्यायका लागि आवश्यक कुरा थप्न आग्रह गरे ।

बारका अध्यक्ष केसीले तीन÷चार दिनभित्रै कमिटी बनाएर विधेयकमाथि छलफल गर्ने र छलफलबाट आएको सुझावलाई आयोगमा बुझाउने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस