नेकपाको बैठक भोलि ८ बजे सम्मका लागि स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपाको बैठक भोलि ८ बजे सम्मका लागि स्थगित


२६ असार २०७५, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी केन्द्रीय सचिवालय बैठक भोली विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल पछिभोली विहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

नियमावलीमाथि छलफल सुरु भई टुंगोमा पुर्‍याउन फेरि बैठक बस्ने निर्णय गरिएको छ । बुधबार बिहानसम्म नियमावलीलाई टुंगो लगाउने निण्र्नय गरिएको छ ।

गत शनिबार बसेको पार्टी सचिवालय बैठकले नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरी तीन दिनभित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस